क्विज प्रतियोगितामा बीबीएस दोस्रो वर्ष प्रथम

2 October, 2026
#

काठमाडौं, २०८३ असोज १६ — मङ्गल बहुमुखी क्याम्पस, कीर्तिपुरमा अतिरिक्त क्रियाकलाप (ECA) समितिको आयोजनामा आज अन्तरकक्षा क्विज प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूको ज्ञान, तर्कशक्ति, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न कक्षाका गरी ६ वटा टोली सहभागी भएका थिए।


प्रतियोगितामा बीबीएस दोस्रो वर्ष प्रथम स्थान हासिल गर्न सफल भयो। प्रथम हुने टोलीमा सुसन धामी, रोमन टण्डन, निर्मला धामी र सुरज सिंह धामी सहभागी थिए।


त्यसैगरी बीएड दोस्रो वर्षले द्वितीय स्थान हासिल गरेको छ। उक्त टोलीमा मोहन राज रावल, अम्बिका बोहरा, सङ्गीता बोहरा र कोपिला दर्नाल सहभागी थिए। बीबीएस तेस्रो वर्षले तृतीय स्थान प्राप्त गरेको छ। तृतीय हुने टोलीमा यज्ञराज भट्ट, दिनेश भाट, चक्रबहादुर बिष्ट र दिपेश महर्जन सहभागी थिए।


प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता टोलीहरूलाई क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सुश्री शोभा महर्जन शाक्यले पदक वितरण गर्नुभयो। उहाँले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता अतिरिक्त तथा बौद्धिक गतिविधिहरूको महत्वपूर्ण भूमिका रहने बताउँदै सहभागी विद्यार्थीहरूलाई शुभकामना दिनुभयो।


क्याम्पसको शैक्षिक गतिविधिसँगै विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता, नेतृत्व क्षमता र समूहगत कार्यकौशल अभिवृद्धि गर्ने उद्देश्यले आगामी दिनमा पनि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने ईसीए समितिले जनाएको छ।

Notice
See All