नयाँ एकाउन्ट दर्ता गर्ने (Sign Up):
१. TU Student Port मा गएर Sign Up मा क्लिक गर्नुहोस् ।
२. लगइन र पासवर्ड परिवर्तन:
इमेलमा प्राप्त लगइन विवरण र पासवर्ड प्रयोग गरी लगइन गर्नुहोस् ।
पहिलो पटक लगइन गर्दा पुरानो पासवर्ड (Old Password) र नयाँ पासवर्ड (New Password) हालेर पासवर्ड परिवर्तन गर्नुहोस् ।
नयाँ पासवर्ड हालेर पुनः लगइन गर्नुहोस् ।
TU onling Retotalling
त्रिभुवन विश्वविद्यालय (TU) को अनलाइन रिटोटलिङ फर्म भर्ने चरणवद्ध प्रक्रिया :
१. आफ्नो मोबाइल वा ल्यापटपको ब्राउजरमा गएर आधिकारिक पोर्टल student.tuexam.edu.np मा जानुहोस्।
२. आफ्नो आइडी र पासवर्ड हालेर लगइन गर्नुहोस् (अहिलेसम्म आइडी बनाउनुभएको छैन भने पहिले साइन इन/रजिस्ट्रिसन गर्नुहोस्)।
३. लगइन भइसकेपछि TU EMIS सिस्टमभित्र रहेको 'Retotaling' सेक्सनमा क्लिक गर्नुहोस्।
४. आफ्नो अध्ययनरत प्रोग्राम (जस्तै: BBS, BEd, MBS आदि) र आफूले परीक्षा दिएको वर्ष (जस्तै: २०८०/२०८१) एवं तह (जस्तै: First Year) छान्नुहोस्।
५. परीक्षाको प्रकार (Regular/Partial) छनोट गरी आफ्नो सिम्बल/रोल नम्बर राखेर 'Search' मा क्लिक गर्नुहोस्। त्यसपछि उक्त वर्षका विषयहरू प्राप्ताङ्क सहित देखिनेछन्।
६. देखा परेका विषयहरूमध्ये आफूले रिटोटलिङ गर्न चाहेको विषयको अगाडि टिक (Tick) लगाउनुहोस्।
७. फर्मको अपडेट प्राप्त गर्न आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्नुहोस्। (यसमा प्रति विषय रु. ५०० का दरले शुल्क निर्धारण गरिएको हुन्छ)।
८. भुक्तानीका लागि उपलब्ध बैंकहरू (नेपाल बैंक लिमिटेड वा ग्लोबल आइएमई बैंक) मध्ये एउटा बैंक छनोट गरी विवरण सेभ/प्रोसिड (Save/Proceed) गरेर आवेदन प्रक्रिया पूरा गर्नुहोस्।
Online Retotalling apply गर्न भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।
Online Transcript Application
त्रिभुवन विश्वविद्यालय (TU) बाट अनलाइन ट्रान्सक्रिप्टका लागि आवेदन दिने चरणवद्ध प्रक्रिया:
१. आफ्नो मोबाइल वा ल्यापटपको ब्राउजरमा गएर student.tuexam.edu.np खोल्नुहोस् र मुख्य स्टुडेन्ट पोर्टल छनोट गर्नुहोस्।
२. सेवा र सङ्काय छनोट:
• ड्यासबोर्डमा रहेको 'Transcript & Provisional Certificate' अप्सनमा क्लिक गर्नुहोस्।
• आफ्नो सङ्काय (Faculty, जस्तै: Management), तह (Level, जस्तै: Bachelor) र विषय/प्रोग्राम (जस्तै: 4-year BBS) छनोट गर्नुहोस्।
३. परीक्षाको विवरण थप्ने (Exam Details):
• प्रथम वर्षदेखि सुरु गरी वर्षैपिच्छे परीक्षाको विवरण हाल्नुहोस्।
• परीक्षा दिएको वर्ष (Academic Year), सिम्बल नम्बर, विद्यार्थीको नाम, रजिस्ट्रेसन नम्बर र परीक्षाको प्रकार (Regular/Partial) छनोट गर्नुहोस्।
• 'Add Exam Detail' मा क्लिक गर्नुहोस्। यसै गरी बाँकी वर्ष तथा ब्याक/पार्सियल परीक्षाको पनि विवरण थप्दै जानुहोस्।
• (कुनै विवरण गल्ती भएमा Action अप्सनमा गएर सच्याउन सक्नुहुन्छ)।
४. आवश्यक कागजात अपलोड गर्ने:
• सम्बन्धित तहका सम्पूर्ण वर्षका (रेगुलर तथा ब्याक परीक्षाका पास भएका) मार्कशीटहरू र रजिस्ट्रेसन कार्ड स्क्यान गरी एउटै पिडीएफ (PDF) फाइल बनाउनुहोस्।
• उक्त फाइलको साइज २ MB भन्दा कम हुनुपर्छ (साइज बढी भएमा 'PDF size reducer' प्रयोग गरी घटाउनुहोस्)।
• फाइललाई 'Supporting Document' मा गएर अपलोड गर्नुहोस्।
५. दस्तुर भुक्तानी गर्ने (Fee Payment):
• भुक्तानीका लागि बैंक (जस्तै: नेपाल बैंक लिमिटेड) छनोट गरी Pay Fee मा क्लिक गरेर कन्फर्म गर्नुहोस्।
• ConnectIPS वा मोबाइल बैंकिङ एप मार्फत स्क्रिनमा देखाइएको QR Code स्क्यान गरी रु. ८०० दस्तुर भुक्तानी गर्नुहोस्।
६. फारम सेभ/प्रिन्ट गर्ने:
• भुक्तानी सफल (Payment Successful) भएपछि 'Print Form' मा क्लिक गरी फारम सेभ वा प्रिन्ट गर्नुहोस्।
• भविष्यमा ट्रान्सक्रिप्ट लिन जाँदा यो फारम साथै बोकेर जान सक्नुहुन्छ ।
Online Transcript apply गर्न भिडियो हेर्न यहाँक्लिक गर्नुहोला।