प्रथम पटक प्रकाशित मिति : २०८३/०४/११
उपर्युक्त विषयको सम्बन्धमा यस मंगल बहुमुखी क्याम्पस, कीर्तिपुरमा आ.व.२०८३/०८४ को लागि आवश्यक सामाग्रीहरु खरीद तथा मर्मत कार्यका लागि सार्वजनिक खरीद ऐन २०६३ दफा ६ ‘क’ को मौजुदा सूची तयार गर्नुपर्ने तथा उक्त ऐनको दफा ८ ‘क’ को उपदफा ४ बमोजिम सोझै खरीद विधि मार्फत खरीद तथा मर्मत गर्नुपर्ने हुँदा तपशिलको सामाग्रीहरुको लागि सार्वजनिक खरीद निमावली, २०६४ को अनुसूची २ ‘क’ बमोजिमको सूचीमा दर्ता हुन सूचना प्रकाशित भएका मितिको १५ दिनभित्र इच्छुक योग्य आपूर्तिकर्ता, संस्था वा सेवा प्रदायक संस्थाहरुले निवेदन पेश गर्नुहुन सम्बन्धित सवैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु :
१. फर्म र कम्पनी दर्ता, स्थायी लेखा नम्बर वा मूल्य अभिबृद्घि कर दर्ता र आ.व. २०८२/०८३ कर चुक्ता प्रमाणपत्रहरुको प्रतिलिपिहरु ।
खरीद तथा आपूर्तितर्फ :
(क) मसलन्द, सरसफाई र कार्यालय सामान
(ख) कम्प्यूटर, ल्यापटप, स्मार्टबोर्ड, प्रोजेक्टर, स्मार्ट टि.भि., प्रिन्टर, फोटोकपी, क्यामेरा, सि.सि.टी.भी. तथा अन्य इलेक्ट्रोनिक्स सामाग्री
(ग) फ्लेक्स तथा अन्य छपाई सम्बन्धी
(घ) फर्निचर, फाइवरको डेस्क बेन्च, मेच, टेवल, स्टिल दराज आदी
(ङ) पाठयपुस्तक तथा सन्दर्भ पुस्तकहरु
(च) खेलकूद सामाग्री
(छ) खानेपानी
(ज) विद्युतीय सामाग्री
(झ) आल्मुनियम पार्टेसन / झ्याल ढोका
(ञ) निर्माण सामाग्री, सिमेण्ट, बालुवा, रड, ईट्टा, रोडा, चीप्स, ६ कुने ब्लक आदी
खरीद समिति
मंगल बहुमुखी क्याम्पस, कीर्तिपुर