क्याम्पस प्रमुख पदका लागि आन्तरिक विज्ञापन

11 August, 2026
#

प्रथम पटक प्रकाशित मितिः २०८३/०४/२४


यस मङ्गल बहुमुखी क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुख पद पदपूर्तिका लागि क्याम्पस प्रमुख छनोट समितिको मिति २०८३/०४/२३ को निर्णय अनुसार इच्छुक तथा योग्य आन्तरिक उम्मेदवारहरूबाट निम्न बमोजिमका कागजातहरू सहित आवेदन आह्वान गरिन्छ।


१. आवश्यक न्यूनतम योग्यताः

शैक्षिक योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातकोत्तर  दोस्रो श्रेणीमा उत्तीर्ण भएको।

अध्यापन अनुभवः यस मङ्गल बहुमुखी क्याम्पसमा न्यूनतम ५ वर्ष अध्यापन गरेको।

अनुसन्धान कार्यः एकल लेखक भई कम्तिमा एउटा अनुसन्धानमूलक लेख Peer Reviewed Journal मा प्रकाशित भएको।

प्राथमिकताः प्रशासनमा अनुभव भएका उम्मेदवारलाई ग्राह्यता दिइनेछ।


२. पेस गर्नुपर्ने आवश्यक कागजातहरूः

क) निवेदन (आवेदन पत्र)

ख) नागरिकताको प्रतिलिपि

ग) शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि

घ) शैक्षिक अनुभवको प्रमाण पत्र

ङ) प्रकाशित अनुसन्धानमूलक लेखको प्रतिलिपि

च) क्याम्पसको सर्वाङ्गीण विकासका लागि ५ वर्षे कार्ययोजना (प्रस्ताव)


३. आवेदन दिने अन्तिम मितिः

मितिः २०८३ साउन ३१ गते २ वजेसम्म ।


द्रष्टव्यः म्याद नाघी आएका वा रीत नपुगेका आवेदनहरू उपर कुनै कारबाही गरिने छैन।


छनोट समिति

मङ्गल बहुमुखी क्याम्पस

Notice
See All