भानु जयन्तिको अबसरमा कविता बाचन प्रतियोगिता सम्पन्न
2 May, 2025
आज २०८० असार २९ गते आदिकबि भानुभक्त आचार्यको २१० औ जन्मजयन्तिको अबसरमा कविता बाचन प्रतियोगिता सम्पन्न भयो। यस मंगल बहुमुखी क्याम्पसको नेपाली विभागको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा बि बि एस प्रथम बर्षका नरेन्द्र बहादुर बुढा प्रथम, बि एड प्रथम बर्षका करिश्मा चन्द द्वितीय र बि बि एस दोश्रो बर्षका ऋतु श्रेष्ठ तृतीय हुन सफल भए। भानुभक्त आचार्यको जिबनी, उनको रचना र लयमा आधारित भएर सहभागीहरुले कविता बाचन गरेका थिए। नेपाली विभागका शिक्षक भुवन आचार्यले भानुभक्तले नेपाली भाषा र साहित्यमा गरेका योगदानको बारेमा चर्चा गरि कविता पनि बचन गर्नु भयो। नेपाली विभागका विभागीय प्रमुख उर्मिला रेग्मीले संचालन गरेको कार्यक्रममा निर्णयकको तर्फबाट शिक्षिका सिर्जना घिमिरेले कविता वाचन गर्नुभयो। बिजयी बिद्यार्थी हरुलाई क्याम्पस प्रमुख प्रदिप महर्जनले पदक बितरण गर्नुभयो।