खेलकूद प्रतियोगिता सम्बन्धि सूचना

4 May, 2025
#

यहि मिति २०७९ साल फाल्गुन १४ गते आइतवार देखि १७ गते बुधवार ४ दिन सम्म कक्षा ११, १२ र स्तातक तहमा अध्ययनरत छात्र–छात्राहरुबीच निम्न तालिकामा उल्लेखित खेलकूद प्रतियोगिता सञ्चालन हुने भएकोले ईच्छुक खेलाडीहरुले यहि फाल्गुन १० गते बुधवार बिहान १० बजेभित्र प्रशासनमा नाम दर्ता गराउनु हुन सूचित गराईन्छ ।

संचालन गरिने खेलहरु:

१. फ़ुट्सल (छात्र)

२. बास्केटबल (छात्र / छात्रा )

३. भलिबल (छात्र / छात्रा )

४. टेबुल टेनिस (छात्र / छात्रा )

५. क्रस कन्ट्री (छात्र / छात्रा )

६. लङ्गजम्प (छात्र / छात्रा )

७. शटपुट (छात्र / छात्रा )

नोट :

(१) खेलमा सहभागी हुन अनिवार्य विद्यार्थी परिचय– पत्र सहित खेल मैदानमा उपस्थित हुनु पर्नेछ । अन्यथा परिचय पत्र बिना खेलमा सहभागी गराइने छैन ।

(२) टिममा सहभागी खेलाडीहरुले ट्रयाक सुट, टि–सर्ट र कपडाको जुत्ता लगाई मात्र खेल मैदानमा उपस्थित हुनु पर्नेछ ।

Notice
See All