४ वर्षे स्नातक तह तेस्रो वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय बल्खु

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह तेस्रो वर्षको मानविकी,व्यवस्थापन, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित तथा आंशिक परीक्षार्थीहरुले मिति २०७८ साल फाल्गुन २२ गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र परीक्षा आवेदन फारम भरी बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१) परीक्षा फाराम सम्वन्धमा ः
क) परीक्षा आवेदन फारम स्वयं विद्यार्थीले भरि सबै प्रक्रिया पु¥याई आफैंले सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ । यसमा अन्यथा हुन गएमा त्रि.वि.प.नि.का. जवाफदेही हुने छैन ।
ख) नियमित तथा प्राइभेट (आँशिक) विद्यार्थीहरुले त्रि.वि. रजिष्ट्रेशन नं. परीक्षा आवेदन फारममा अनिवार्यरुपमा उल्लेख गर्नु पर्नेछ ।
ग ) परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोसाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।
घ) परीक्षा संचालन अवधि सम्म प्रवेशपत्र प्रतिलिपि लिनु परेमा परीक्षा आवेदन फारममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ ।

 

यस मङ्गल बहुमुखी क्याम्पस, कीर्तिपुरबाट २०७८ सालको ३/४ बर्षे वि.वि.एस. र वि.एड तेस्रो बर्षको परीक्षा दिने नियमित वा आंशिक परीक्षार्थीहरुले त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय, बल्खुबाट लिइने तेस्रो वर्षको परीक्षा फारम यहि २०७८ फाल्गुन २२ गते भित्रमा भर्न हुन सम्बन्धित सवैलाई जानकारी गराइन्छ ।

 

बिस्तृत जानकारीको लागि क्याम्पसमा सम्पर्क राख्नुहोला।

Leave a Reply