४ वर्षे स्नातक तहको चौथो वर्षको नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सुचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा बार्षिक परीक्षा प्रणाली अनुसार २०७९ सालमा संचालन हुने शिक्षाशास्त्र र व्यवस्थापन संकाय तर्फका स्नातक तह चौथो वर्षको परीक्षा दिने नियमित तथा आंशिक परीक्षार्थीहरुले परीक्षा आवेदन फाराम भरी क्याम्पसको परीक्षा शाखामा बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

परीक्षा आवेदन फाराम सम्बन्धमा:

परीक्षा आवेदन फाराम बुझाउने अन्तिम मिति :
आंशिक परीक्षार्थीहरुका लागि : २०७९ माघ २७ गतेभित्र

१ परीक्षा आवेदन फाराम स्वयं विद्यार्थीहरुले भरी सवै प्रक्रिया पुर्याई समयसिमाभित्र परीक्षा शाखामा बुझाउनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस जवाफही हुने छैन ।
२ आंशिक परीक्षार्थीहरुको हकमा ४ वर्षे स्नातक तह २०७१ सालमा भर्ना भई २०७२ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा दिएकाहरुका लागि यो अन्तिम पटकको परीक्षा हुनेछ ।
३ परीक्षा आवेदन फाराम भर्नको लागि हालसालै खिचेको (क्याम्पसको पोसाकमा) पासपोर्ट साइजको २ प्रति पफेटो आवश्यक पर्नेछ ।
विस्तृत जानकारीको लागि क्याम्पसको परीक्षा शाखामा सर्म्पक गर्नुहुन सूचित गराइन्छ ।

परीक्षा शाखा

 

Notice

Leave a Reply