कीर्तिपुर माघ २३,
मङ्गल बहुमुखी क्याम्पसको १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा ” Play with Heart, Win with Soul” नाराका साथ १५औं मङ्गल स्पोर्ट्स फेस्टा – २०८० माघ २३ गतेबाट सुरु भएको छ । छात्र छात्राहरुलाई पठनपाठनमा मात्र सिमित नराखी तिनीहरुको शारीरिक, मानसिक, सामाजिक र सम्वेगात्मक विकासका लागि प्रत्येक वर्ष झैँ मंङ्गल स्पोर्ट्स पफ्स्टो २०८० को आयोजना गरिएको छ । उक्त प्रतियोगिता ५ दिन सम्म सञ्चालन हुनेछ । अतिरिक्त कृयाकलाप संयोजक महेन्द्र महर्जनका अनुसार छात्राछात्रहरुको लागि यस प्रतियोगितामा भलिबल, बास्केटबल, पफ्टूसल, टेबलटेनिस, एथलेटिक्स क्रसकन्ट्री आदि खेलहरु समावेश गरिएको कुरा बताउनु भएको छ । उहाँकाअनुसार पठनपाठनमा मात्र सिमित नराखी विद्यार्थीहरुलाई यस प्रकारको कृयाकलापमा सहभागी गराएमा विद्यार्थीहरुले आउँदा दिनहरुमा अझ राम्रो सँग पढाईमा ध्यान केन्द्रित गर्न सकिने छ । संयोजक महेन्द्र महर्जनकाअनुसार खेलाडीहरुलाई बढी भन्दा बढी प्रतिस्पर्धि र अनुशासित बनाउनुका साथै खेलबाट पनि व्यावसायिकता ल्याउन सकिन्छ भन्ने धारणा दिनको लागि यस वर्ष अक्सन विधिबाट खेलाडीहरु छनोट गरी ४ वटा टिमहरु मंङ्गल टाइगर्स, मंङ्गल ठन्डर्स, मंङ्गल एभेन्जर्स र मंङ्गल वारियर्स टिमहरु तयार गरिएको बताउनु भयो ।
आजै भएको छात्रा तर्फ टेबल टेनिस सिङ्गल्सको पहिलो सेमिफाइनल खेलमा मंङ्गल एभेन्जर्सकी दिक्षा श्रेष्ठले मंङ्गल ठण्डर्सकी सुजला श्रेष्ठलाई सोझो सेटमा ११-३ र ११ -७ मा पराजित गरी फाइनल प्रवेश गर्नुभयो । त्यस्तै दोश्रो सेमिफाइनल खेलमा मंङ्गल वारियर्सकी सुभेक्षा महर्जनले मंङ्गल एभेन्जर्सकी स्वस्तिका श्रेष्ठलाई सोझो सेटमा ११-४ र ११ -३ मा पराजित गरी फाइनल प्रवेश गर्नुभयो । फाइनल खेलमा मंङ्गल एभेन्जर्सकी दिक्षा श्रेष्ठले मंङ्गल वारियर्सकी सुभेक्षा महर्जनलाई सोझो सेटमा ११-७ र ११ -२ मा पराजित गरी प्रथम हुन सफल हुनुभयो ।
त्यस्तै आजै भएको टेबल टेनिस छात्र सिङ्गल्स तर्फको खेलमा मंङ्गल टाईगर्सका जोन के. सी.ले मंङ्गल एभन्जर्सका सागर शाहलार्ई सोझो सेटमा ११-५ र ११ -८ मा पराजित गरी फाइनल प्रवेश गर्न सफल हुनुभयो । दोश्रो सेमिफाइनल खेलमा मंङ्गल एभेन्जर्सका सनिस महर्जनले मंङ्गल वारियर्सका कविर देउलालाई सोझो सेटमा ११-४ र ११ -३ मा पराजित गरी फाइनल प्रवेश गर्नु भयो । फाइनल खेलमा मंङ्गल एभेन्जर्सका सनिस महर्जनले मंङ्गल टाइगर्सका जोन के. सी.लाई सोझो सेटमा ११-८ र ११ -८मा पराजित गरी प्रथम हुन सफल हुनुभयो ।
विजेता खेलाडीहरुलाई आजै क्याम्पस प्रमुख प्रदिप महर्जनले मेडल तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।