हाजिरी जवाफ प्रतियोगितामा मङ्गल टाइगर्सलाई स्वर्ण पदक

मङ्गल बहुमुखी क्याम्पसको १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा “Play with heart, win with soul” नाराका साथ सञ्चालित १५औं मङ्गल स्पोर्ट्स फेष्टा – २०८० को पाँचौ दिन हाजिरी जवाफ प्रतियोगिता भयो। सात ओटा टिम सहभागी भएको प्रोतियोगीतामा जनरल राउण्ड, गाउँ खाने कथा राउण्ड, IQ and Puzzle राउण्ड, AV राउण्ड, Gamble राउण्ड र Rapid Fire राउण्ड गरि ६ ओटा राउण्डमा संचालन गरिएको थियो। मङ्गल टाइगर्स ‘बि’ ले १३० अंक ल्याई स्वर्ण पदक जित्न सफल भयो भने मङ्गल वारियर्सले ६५ अंकका साथ दोश्रो स्थानमा सफल भयो। मङ्गल वारियर्सका सन्तोषी दुवाडी, सुमी चौधरी र पुर्णिमा राईलाई ECA संयोजक महेन्द्र महर्जन तथा मङ्गल टाइगर्सका बासुदेव पन्त, दीपज्योति पन्त र प्रतिमा खड्गीलाई शिक्षा संकायका विभागीय प्रमुख लक्ष्मण के सीले पदक बितरण गर्नुभयो।

 

Leave a Reply