त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय बल्खु
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम वर्षको मानविकी,व्यवस्थापन, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित तथा आंशिक परीक्षार्थीहरु, तिन वर्षे स्नातक तह मानविकी तर्फका आँशिक र प्राईभेट तथा प्राज्ञिक परिषद्को स्थायी समितिको मिति २०७६ साउन २३ गते बसेको बैठकको निर्णय नं. १६(३)अनुसार तिन बर्षे स्नातक तहको समय सिमा नाघेका मौका परीक्षा दिने विद्यार्थीहरूको हकमा २०७७ सालको वार्षिक परीक्षामा एक पटकको लागि मौका परीक्षामा सहभागी गराउने निर्णय भएको हुँदा स्नातक तह तिन वर्षे प्रथम वर्षका आंशिक र मौका परीक्षा दिने परीक्षार्थीहरूले आ—आफ्नो क्याम्पस÷कलेजमा र प्राईभेट (आँशिक) परीक्षाथीैहरुले सोझै यस कार्यालय वा आफूलाई पायक पर्ने सम्वन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७७ साल चैत्र ३१ गते देखि २०७८ वैशाख ३० गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र परीक्षा आवेदन फारम भरी बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
१) परीक्षा फाराम सम्वन्धमा ः
क) परीक्षा आवेदन फारम स्वयं विद्यार्थीले भरि सबै प्रक्रिया पु¥याई आफैंले सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ । यसमा अन्यथा हुन गएमा त्रि.वि.प.नि.का. जवाफदेही हुने छैन ।
ख) ३ वर्षे स्नातक तहमा २०७० सालमा भर्ना भई २०७१ मा प्रथम वर्ष प्रथम पटक परीक्षा दिएकाहरुका लागि यो अन्तिम पटकको परीक्षा हुनेछ ।
ग) क्याम्पसका तथा प्राइभेट (आँशिक) विद्यार्थीहरुले त्रि.वि. रजिष्ट्रेशन नं. परीक्षा आवेदन फारममा अनिवार्यरुपमा उल्लेख गर्नु पर्नेछ ।
घ) परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोसाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।
ङ) परीक्षा संचालन अवधि सम्म प्रवेशपत्र प्रतिलिपि लिनु परेमा परीक्षा आवेदन फारममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ ।
च) मौका परीक्षार्थीहरुको हकमा तिन वर्षे स्नातक तह कार्यक्रम संचालन भए देखिका सम्पूर्ण परीक्षार्थीहरुलाई जनाउछ ।
छ) परीक्षा फारम online माध्यम वाट सम्वन्धित क्याम्पसहरुले www.tuexam.edu.np मा दिइएको निर्देशन अनुसार मिति २०७८ वैशाख ३० गते भित्र इन्ट्रि गरि सक्नु पर्नेछ । यस विषयमा थप जानकारी आवश्यक भए त्रि.वि.प.नि.का. वल्खुको website हेर्न हुन पनि सूचित गरिन्छ ।
यस मङ्गल बहुमुखी क्याम्पस, कीर्तिपुरबाट २०७७ सालको ३/४ बर्षे वि.वि.एस. र वि.एड प्रथम बर्षको परीक्षा दिने नियमित वा आंशिक परीक्षार्थीहरु तथा मौका परीक्षा दिने परीक्षार्थीहरुले त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय, बल्खुबाट लिइने प्रथम वर्षको परीक्षा फारम यहि २०७८ बैशाख २७ गते सोमबार भित्रमा भर्न हुन सम्बन्धित सवैलाई जानकारी गराइन्छ ।
बिस्तृत जानकारीको लागि क्याम्पसमा सम्पर्क राख्नुहोला।