यस मंगल बहुमुखी क्याम्पसको स्वास्थ्य तथा बाताबरण समितिको आयोजनामा क्याम्पसको १७ औं बार्षिकोत्सवको उपलक्ष्यमा यही फाल्गुन ५ गते शनिबार रक्तदानको कार्यक्रम आयोजना गर्ने समितिका संयोजक भागीरथी मडैले जानकारी गराउनुभयो। फाल्गुन ५ गते बिहान १० बजे देखि २ बजेसम्म शुरु हुने रक्तदान कार्यक्रममा रक्तदान गर्न सम्पूर्ण महानुभाबहरुमा हार्दिक अपिल गरिएको छ।