कीर्तिपुर नगरपालिका वडा नं.१० नयाँबजारस्थित सामुदायिक क्याम्पस मङ्गल बहुमुखी क्याम्पसको नवौ साधारण सभा यही फागुन २६ गते शनिबार सम्पन्न भएको छ । प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका उप प्रमुख तथा क्याम्पस संचालक समितिका सल्लाहकार शुभलक्ष्मी शाक्यले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो। क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा.लक्ष्मी बहादुर महर्जनको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा अन्य अतिथिहरुमा क्याम्पसका संस्थापक अध्यक्ष प्रा. डा. शिवशरण महर्जन, सल्लाहकार श्रीराम महर्जन, संचालक समितिका उपाध्यक्ष प्रा.डा. श्यामकृष्ण महर्जन, मङ्गल रिसर्च जर्नलका सम्पादक मण्डलका सदस्य प्रा.डा. धर्मराज डंगोल, उप प्राध्यापक गंगालक्ष्मी भण्डारी लगायतको हुनुहुन्थ्यो ।
क्याम्पस सचालक समितिका उपाध्यक्ष प्रा.डा. श्यामकृष्ण महर्जनको स्वागत मन्तव्य पछि क्याम्पसका अध्यक्ष प्रा.डा. लक्ष्मीबहादुर महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालयबाट २०६४ सालमा बि.एड र २०६५ सालमा बी.बी.एस.का कक्षाहरु संचालन गर्दै आइरहेको क्याम्पसको २१२ जना आजीवन सदस्य रहेका छन् । क्याम्पस स्थापना भएको ५ वर्षपछि क्याम्पस भवन बनाउन सुरु गरेर, स्थापनाको १७ वर्ष पछि यसैवर्ष २०८० सालबाट भण्डारी आफ्नै भवनमा पढाई संचालन भएको बताउनु भयो । उत्तफ् भवनको बाँकी दुई तल्ला फिनिसिंग गर्न लागत सहभागितामा नगरपालिकाबाट ५०% र क्याम्पसले ५०% व्यहोरेर रु. ३० लाखको काम गर्ने सम्भफैता भएको छ । त्रिभुवन विश्वविद्यालयबाट लिइएको चौथो वर्षको परीक्षामा बिविएस तपफर्् पलसा सिंहले ८३.२% अंक र बि.एड.तर्फ दिपक खत्रीले ७४.५% अंक ल्याई उतिर्ण भएको जानकारी दिनु भयो ।
हाल अरु कलेजहरुमा विद्यार्थीसंख्या कम भयो भन्ने हल्ला चलिरहेको वेला मङ्गल बहुमुखी क्याम्पसमा भने विद्यार्थी संख्या बढेको छ । २०७९/०८० मा प्रथम वर्षमा वि.वि.एसमा ६० जना र बि.एड. ५२ जना भर्ना भएका थिए । २०८०/०८१ मा प्रथम वर्षमा वि.वि.एसमा १२२ र बि.एडमा ५६ जना भर्ना भए । त्यस्तै कुल विद्यार्थी तालिकामा २०७९/०८० मा वि.एड.मा २१० र वि.वि.एसमा १९२ गरी जम्मा ४०२ थियो भने अहिले २०८०/८१ मा वि.एड मा २१५ र वि.वि.एसमा २८२ गरी कूल जम्मा ४९७ पुगेको छ । कीर्तिपुर नगर पालिकाले एक घर एक स्नातक छात्रवृत्ति कार्यक्रम अनुसार मासिक शुल्कको ६०% कीर्तिपुर नगरपालिकाले र ४०% क्याम्पस श्रोतले व्यहोर्दै आएकोमा गत वर्षको तुलनामा स्थानीय विद्यार्थीहरु प्रथम वर्षमा १५०% ले बृद्धि भएको जानकारी दिनुभयो ।
प्रमुख अतिति तथा अन्य अतिथि गणले संयुत्तफ् रुपमा मङ्गल रिसर्च जर्नलको चौथो अंकको विमोचन गरियो । जर्नलमा ८ वटा अनुसन्धनात्मक लेखहरु रहेको छ । उक्त जर्नल २ महिना पहिले नै नेपजोलमा अनलाईन प्रकाशित भइसकेको थियो भने अहिले क्याम्पसको नवौं बार्षिक साधारण सभाको अवसरमा हार्डकपी पनि विमोचन गरिएको थियो ।
क्याम्पसको निर्माणाधिन भवनलाई पूर्णता दिन क्याम्पस प्रमुख प्रदीप महर्जनले सहयोगको आव्हान गर्नुभयो । जस अनुसार निम्न बमोजिम आर्थिक सहयोग संकलन गरिएको थियो ।
क्याम्पसका निमाणाधिन भवनलाई पूर्णता दिनका लागि आर्थिक सहयोग गर्नेहरु
१ श्री श्रीराम महर्जन रु १,५०,०००/–
२ प्रा डा लक्ष्मी बहादुर महर्जन रु १,००,०००/–
३ प्रा डा श्याम कृष्ण महर्जन रु ६०,५००/–
४ ई सुधिर महर्जन रु ५०,०००/–
५ श्री रकी महर्जन रु २५,५५५/–
६ श्री रन्जना महर्जन रु २५,००५/–
७ श्री खेमनाथ सिटौला रु २५,००१/–
आर्थिक सहयोग गर्ने स्वघोषणा गर्ने (वचन दिनुभएका) महानुभाबहरु
१ प्रा डा हरि महर्जन/शोभा महर्जन शाक्य रु १,००,०००/–
२ श्री राज्यलक्ष्मी शाक्य रु ५०,५५५/–
३ श्री प्रदिप महर्जन रु ५०,०५७/–
४ श्री गंगालक्ष्मी भण्डारी रु २५,००५/–
५ श्री पुष्पसिंह थापामगर रु २५,०००/–
६ श्री गंगादेवी हायेंजु रु २२,२२२/–
७ श्री उपेश महर्जन रु२२,०००/–
८ श्री लक्ष्मण के सी रु २१,५५५/–
९ श्री बिन्दु महर्जन रु २१,१११/–
प्रमुख अतिथि उपमेयर शुभलक्ष्मी शाक्यले यो कलेजलाई यहाँ सम्म ल्याउनको लागि संस्थापक अध्यक्ष शिवशरण सरले अहम भूमिका खेल्नु भएको वताउनुभयो । अहिलेको अध्यक्षज्युले क्याम्पसको भवनको लागि आर्थिक सहयोगको आव्हान गरिरहँदा मैले पनि केही दिनुपर्छ भन्ने भावना जगाई दिनुभएको वताउनुभयो । पछि मेरो अवस्था र क्षमता अनुसारले व्यत्तिफ्गत रुपमा पनि म केही सहयोग गर्नेछु भनी प्रतिबद्धता जनाउनु भयो । त्यस्तै गत वर्षभन्दा यस वर्ष स्थानीय विद्यार्थीहरुको भर्ना दर १५०% पुगेकोमा पनि खुशी व्यक्त गर्नुभयो ।