कीर्तिपुर साउन १५ गते
मंगल बहुमुखी क्याम्पसमा छैठौँ प्रोजेक्ट मिट मंगलवार भव्य रुपमा सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गत बि.एड तेस्रो वर्षको स्वास्थ्य तथा शारीरिक शिक्षा लिएर यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले प्रोजेक्ट मिट सम्पन्न गरेका छन् ।
यस प्रोजेक्ट मिटमा पुरुष टेबलटेनिस प्रतियोगिता र महिला तर्फ़ सटपुट इभेन्ट आयोजना गरेको थियो। बि.एड तेस्रो वर्षको स्वास्थ्य तथा शारीरिक शिक्षा लिएर यस क्याम्पसमा अध्ययनरत विद्यार्थी भावना लामाको सभापतित्वमा भएको कार्यक्रम श्याम कडायतले संचालन गरेका थिए भने प्रमिला घिसिङ्गले स्वागत गरेका थिए। सहायक क्याम्पस प्रमुख रकी महर्जन र क्याम्पस प्रमुख प्रदिप महर्जनले कार्यक्रम सफलताको लागि शुभकामना दिनुभयो। प्रोजेक्ट मिट उद्घाटन गर्नुहुदै उहाँले आधारभूत अनुसन्धान तथा प्रोजेक्ट मिटको आंशिक पाठ्यांश पूरा गर्न प्रयोगात्मक परीक्षाको रुपमा सञ्चालन भएपछि यस्तोशैक्षिक क्रियाकलापले देशमा खेलकुदको विकास भई रहेको बताउनुभयो । यस्तो कार्यक्रमले बिध्यर्थिहरुमा जस्तो सुकै खेलकुद प्रतियोगिता संचालन गर्न सक्ने सिप विकास गर्ने बताउनुभयो।
यस छैठौँ प्रोजेक्ट मिटमा पुरुष टेबलटेनिस तर्फ जोन के.सी. प्रथम, नरेश बोहरा द्धितिय र धन बहादुर वि.क. तथा निकेश मानन्धर तृतीय हुनुभयो । महिला सटपुटमा अस्मिता कंडायत ७.४६ मिटर फ्याँकेर प्रथम हुन सफल भइन् भने ६.१३ मिटर फ्याँकेर मुना बिष्ट द्वितिय र ५.६२ मिटर फ्याँकेर अम्बिका बोहरा तृतीय हुनुभयो । विजेतालाई प्रोजेक्ट मिटका प्रमुख अतिथि महेन्द्र- रत्न क्याम्पसका उप प्राध्यापक कोपिल थापाले मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।