क्रस कण्ट्री तर्फ महेश विष्ट र मुना विष्टलाई स्वर्ण पदक, बास्केटबलमा मङ्गल वारियर्सको वर्चश्व

मङ्गल बहुमुखी क्याम्पसको १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा “Play with heart, win with soul” नाराका साथ सञ्चालित १५औं मङ्गल स्पोर्ट्स फेष्टा – २०८० को चौथो दिन ३ किलोमिटर लामो सडक दौड प्रतियोगितामा पुरुष तर्फ बि.एड. प्रथम वर्षमा अध्ययनरत महेश विष्टले १०ः३३ः५५ मिनेटमा दूरी पार गर्दै स्वर्णपदक हात पार्न सफल भएको छ भने बि. एड. दोश्रो वर्षका गणेश कुमाईले १०ः४२ः९७ मिनेटमा दूरी पार गर्दै रजत पदक हात पारे र बि. एड. दोश्रो वर्षका धन बहादुर वि. क.ले ११ः३०ः७५ मिनेटमा दूरी पार गर्दै काँस्य पदकमा चित्त बुझाए । त्यस्तै महिला तर्फको सडक दौड प्रतियोगितामा १५ः०८ः५० मिनेटमा निर्धारित दूरी पार गर्दै बि. एड. दोश्रो वर्षकी मुना बिष्टले स्वर्ण पदक हात पारिन् । बि. बि. एस. दोश्रो वर्षकी मिना बोहराले निर्धारित दूरी १६ः४९ः५३ मिनेटमा पार गर्दै रजत पदक जित्न सफल भए । त्यस्तै बि. बि. एस. प्रथम वर्षकी सुभेक्षा महर्जनले १७ः३०ः९ मिनेटमा दूरी पार गर्दै काँस्य पदक जित्न सफल भए ।
आजै भएको बास्केटबल खेलको महिला तर्फको फाइनल खेलमा मङ्गल वारियर्सले मङ्गल एभेन्जर्सलाई ६ अंकका विरुद्ध १२ अंक हाशिल गर्दै प्रथम हुन सफल भए । मङ्गल वारियर्सका सुभेक्षा महर्जनले आफनो टिमलाई जिताउन सर्वाधिक ८ स्कोर गरे भने सगुन तिमिल्सिनाले आफ्नो टिम मङ्गल एभेन्जर्सकोलागि सर्वाधिक ६ स्कोर गर्न सफल भए ।
पूरुष तर्फ बास्केटबल खेलको फाइनल खेलमा मङ्गल वारियर्सले मङ्गल एभेन्जर्सलाई झिनो अंकको अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भए । उक्त खेलमा मङ्गल वारियर्सले ११-१० स्कोरले जित्न सफल भएको थियो भने मङ्गल एभेन्जर्सले रजत पदकमा चित्त बुझाए । निकेश मानन्धरले आफनो टिम मङ्गल वारियर्सलाई जिताउन सर्वाधिक ६ स्कोर गरे ।

Leave a Reply